संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिका ११ मा राँगाले हानेर एक जनाको मृत्यु भएको छ।

खाँदबारी ११ आङलाका ६४ वर्षीय तुलाराम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।आफ्नै खेतको गोठमा राँगाले हानेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गुरुङको शव पोष्टामार्टमको लागि शनिबारनै जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया