संखुवासभा- संखुवासभामा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । शनिवारराती भारी वर्षासंगै परेको चट्याङले पाँचखपन नगरपालिका- २ की डम्बर कुमारी राईको ज्यान गएको सो वडाका वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए ।

शनिबार राती साढे सात बजे घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । ५२ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष दाहालले बताए । दाहालका अनुसार चट्याङका कारण अन्य क्षति भने भएको छैन् ।

तपाईको प्रतिक्रिया