काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा सोमबार बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भोलि नयाँ वर्षको पहिलो दिन बिहान आठ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आग्रह गर्नुभएको हो । यो संयुक्त राष्ट्र सङ्घ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्विटरमा लेख्नुभएको छ, ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ । ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

तपाईको प्रतिक्रिया