भोजपुर – लकडाउनको समयमा बिना काम घरबाहिर निस्किएका ४३ जनालाई नियन्त्रणमा लिएर कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेतना कक्षा दिइएको प्रहरीले  जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सदरमुकाम तथा आसपासका क्षेत्रबाट नियन्त्रणका लिइएकाहरुमा १०‌ जना महिला ३३ जना पुरुष रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको परिसरमा ल्याएर कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सावधानीबारे सचेतना कक्षा दिइएको थियो ।

उनीहरुलाई अब फेरि लकडाउन उल्लङ्घन नगर्ने शर्तमा छाडिएको भोजपुरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरबहादुर सलामी मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया