भोजपुर- भोजपुरको साल्पासिलिछो गाउँपालिकाले क्वारेन्टाईनमा राखिएका ९ जना लाई घर पठाएको छ ।

जिल्ला जनस्वाथ्य कार्यालयका स्वाथ्यकर्मीले स्वास्थ्य परिक्षण गर्दा स्वास्थ्य सामान्य रहेकोले उनिहरुलाई १६ दिन पछि आईतवार घर पठाईएको गाँउपालिकाका अध्यक्ष महेश राईले जानकारी दिए । स्थानिय कुलुङ काम्लेटारबाट अरुण तेश्रो जलबिद्धुत् परियोजनामा काम गर्न गएका ९ जना कामदार देशब्यापी लकडाउन भएर घर फर्केपछि तिनीहरुलाई क्वारेन्टाईनमा राखेको थियो।

विश्वब्यापी महामारी भएको कोरोना संक्रमणको संभावनाबाट उनीहरु स्वयं, परिवार र गाउँबासीको सुरक्षाको लागि भन्दै गाँउपालिकाले चैत्र १४ गते उनीहरुलाई स्थानिय सिंहमालिका प्राबिको भवनमा स्थापित क्वारेन्टाईनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया