भोजपुर– भोजपुरमा लकडाउन उल्लंघन गर्ने प्रति भोजपुर प्रहरी आक्रामक रुपमा उत्रिएको छ । लक डाउन लम्विदै जाँदा जिल्लाका विभिन्न स्थानमा सर्वसाधारणले लकडाउन उल्लंघन गर्ने क्रम वढेपछि प्रहरी आक्रामक रुपमा उत्रिएको हो ।

हिजो र आज मात्र भोजपुर प्रहरीले लकडाउन उल्लंघन गर्ने ७५ जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिएर छोडेको छ । आईतवार जिल्ला प्रहरी कार्यालय भोजपुरले सदरमुकाम आसपास सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने ४३ जनालाई थियो भने आज सोमवार इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङले ३२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोमबार दिउँसो प्रहरी नायब निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको टोली लकडाउनको उल्लंघन गर्दे सडकमा हिँडेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरुलाई श्यामशिला र हिलेभञ्ज्याङबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिएकालाई कोरोना भाइरस र दूरी कायमका विषयमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिए । बिनाअनुमति घर बाहिर निस्कने र सडकमा हिँड्नेलाई अव कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी राजवंशीले बताए ।

भोजपुरका ९ वटै स्थानिय तहमा लकडाउन कार्यान्वयका लागि प्रहरीले कडाइ गर्ने बताएको छ । सडकमा अनावश्यक हिँडेको भेटिएमा संक्रमण ऐन २०२० अनुसार कानुनी दायरामा ल्याइने जनाएको छ ।

तपाईको प्रतिक्रिया