संखुवासभा- जिल्ला प्रहरी कार्यालय संखुवासभाले लक डाउन उल्लंघन गर्ने ८३ जनालाई कारवाही गरेको छ । मंगलबार लकडाउनको वेवास्ता गर्दै विना काम बजार डुल्ने ८३ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक सन्तोष राईले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले कोरोना भाईरस सम्बन्धि २ घन्टा जनचेतनामूलक सन्देश दिएर छोडिएको प्रहरीले जनाएको छ । कोरोना संक्रमणको कारण प्रशासनले लकडाउनलाई कडा पारेको प्रहरीले अत्यावश्यक सामग्री बाहेक कसैलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया