इटहरी- इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष बिष्णुलाल चौधरीको गए राती निधन भएको छ । लामो समयदेखि बिरामी परि  उपचार गराई रहेका वडा ५५ बर्षीय अध्यक्ष चौधरीको गए राती साढे १२ जबेको समयमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

उनलाई डाक्टरले पित्तथैलीको क्यान्सरको आशंका गरिएका चौधरीको एक बर्षअघि भारतको हस्पिटलमा उपचार गरिएको थियो । पछिल्लो समय नोबेल अस्पताल विराटनगरमा नियमित उपचार भईरहेको थियो ।

नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष चौधरी नेपाली कांग्रेसका क्षेत्री प्रतिनिधि समेत हुन् । उनको आज बिहान ९ बजे इटहरीको गंगा जमुना मुक्ति घाटमा परम्परा अनुसार दाहसंस्कार गरिदै छ । चौधरीका २ छोरी १ छोरा र श्रीमति छन् । इटहरी उपमहनगरपालिकाकी मेयर द्धारिकालाल चौधरी, उपमेयर लक्ष्मि गौतमले फेसबुक मार्फत चौधरीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया