भोजपुर- भोजपुरको पौवादुङमा गाँउपालिकाले गाँउपालिका वाहिर रहेका गाँउपालिकाका नागरिकलाई राहत उपलव्ध गराउने भएको छ । पौवादुङमा गाँउपालिका कोरना नियन्त्रण समितिको निर्णय अनुसार गाँउपालिकाका नागरिक जहाँ रहका छन् त्यहिँ राहतको व्यवस्था मिलाउने गाँउपालिकाले जनाएको छ ।

कोरोना भाईरस ( कोभिड १९ ) विश्वभर फैलिरहेको र गाँउपालिकामा त्यसको संक्रमण फैलिन नदिन यस्तो कदम चालिएको गाँउपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाँउपालिका वाहिरवाट गाँउपालिकावासी कोरोना भाईरसको संक्रमण फैलिईरहेको अवस्थामा गाँउ प्रवेश गर्दा कोरोना भाईरसको जोखिम वढ्ने हुँदा गाँउपालिका वासिन्दा रहेको स्थानिय निकाय सँग समन्वय गरेर नागरिकको प्राण बचाउनको लागि राहत उपलव्ध गराउने े निर्णय गरिएको गाँउपालिका अध्यक्ष किरण राईले फेसवुक मार्फत जानकारी दिएकाछन् ।

उनले गाँउपालिका वाहिर रहेका नागरिकलाई प्रमुख प्रशासकिय अधिकृत रमेश राई ९८४२२८५४३१, सुचना अधिकारी ज्ञानु दाहाल ९८१९०६१०९५र सुचना प्रविधि अधिकारी मुकेश राई ९८६०७८१६९० सँग सम्पर्क गरेर विवरण टिपाउन पनि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया