भोजपुर- भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर-५ आँपटारी घर भई हाल अमेरिकामा वस्दै आएका एक युवाले आफ्नो गाँउमा खाद्यान्न उपलव्ध गराएका छन् । अमेरिकाको मेरिल्याण्डमा वस्दै आएका नगेश भट्टले गाँउका विपन्न परिवारलाई ३५ हजार वरावरको खाद्यान्न उपलव्ध गराएका हुन् ।

 
 
 

भट्टले उपलब्ध गराएको खाद्यान्न आँपटारी र च्याप्टीङका विपन्न परिवारलाई वुधवारनै वितरण गरिसकिएको उनका भाई सन्तोष भट्टले जानकारी दिए । परिवारको संख्या अनुसार १ वोरा चामल, ३ प्याकेट तेल, नुन र विस्कुट वितरण गरिएको भट्टले जानकारी दिए । राहत पाएका स्थानियले खुशी व्यक्त गरेका छन् । यस्तो महामारीको अवस्थामा सात समुन्द्र पारीवाट सम्झेर खाद्यान्न उपलव्ध गराएकोमा राहत पाएका चन्द्र भुजेलले खुशी व्यक्त गरेका छन् ।

भट्टले विश्वभरिनै यस्तो ठूलो महामारीको समस्या परिरहेको वेला आफ्नो जन्मगाँउमा सानो सहयोगको प्रयास गरेको वताए । उनले आँउदा दिनमा पनि सहयोगलाई निरन्तरता दिने वताएका छन् ।उनले अमेरिकामा लकडाउन परिपालना नगर्दा विकराल परिस्थित आएको अनुभव सुनाउदै नेपालीलाई शरकारले लकडाउनको परिपालना गरेर कोरोना संक्रमणवाट वच्न समेत आग्रह गरेका छन् । डिभि भिसामा अमेरिका गएका भट्ट ६ बर्षदेखि परिवारका साथ अमेरिकामा वस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया