निजि खर्चमा खाद्यान्न वितरण गर्दै गाउँपालिका अध्यक्ष

भोजपुर- कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भईरहेको अवस्थामा त्यसको संक्रमण फैलिन नदिनका लागि सुरु भएको लकडाउनका कारण बिहान बेलुका छाक टार्न नपाएका विपन्न परिवारलाई देशैभरि राहत वितरण भई रहेको छ । कतै समयमा राहत वितरण नभएको, कतै गुणस्तरहिन सामाग्री वितरण भएको, कतै प्रभावकारी वितरण नभएको भन्ने विभिन्न किसिमका समाचारहरु आईरहेका छन् ।

यस्तो परिस्थितीमा भोजपुरको दुर्गम मानिने साल्पासिलिछों गाँउपालिकाका अध्यक्ष महेश राईले भने आफ्नो निजि खर्चमा विपन्न र समस्यामा परेका गाँउपालिकाबासीलाई खाद्यान्न वितरण शुरु गरेका छन् । गाउँपालिका अध्यक्ष राईले शुक्रबार वडा नम्बर ३ का २७ परिवारलाई खाद्यान्न वितरण गरेकाछन् । राईले प्रति परिवार ३० केजीका दरले चामल वितरण गरेका हुन । आजवाट शुरु भएको खाद्यान्न वितरण समस्यामा परेका सबै गाँउपालिकाका वडामा क्रमिकरुपमा खाद्यान्न सहयोग पनि अध्यक्ष राईले वताएका छन् ।

लकडाउनका कारण गुजारा चलाउन समस्यामा परेका गाँउपालिकाबासीलाई सहयोग गर्नु आफ्नो कर्तब्य भएकाले खाद्यान्न सहयोग गरिएको अध्यक्ष राईको भनाई छ।