लण्डन- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एकजना भूपू गोर्खाको मृत्यु भएको छ । बेलायतको फार्नबरोमा बस्दै आएका ८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको बुधबार राति स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । यस्तै उनको श्रीमतीलाई समेत कोरोना ‘पोजिटिभ’ देखिएको छ । तर उनी भने घरमै ‘आइसोलसन’मा छिन् । अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ । सन् २००९ देखि बेलायत बस्दै आएका गुरुङका श्रीमती, दुई छोरा र एक छोरी छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ७ काप्रे स्थायी घर भएका गुरुङलाई धेरै पहिला प्यारालाइसिस भएको र उनको नियमित फिजियो गरिंदै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट झन्डै १७ नेपालीहरुले ज्यान गुमाइसकेको तथ्यांक छ । जसमध्ये अधिकांश मृत्यु हुनेमा भूपू गोर्खाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया