काठमाण्डौ- पूर्वी र मध्य नेपालका केही ठाउँमा अझै केही दिन मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रि-मनसुन सक्रिय भएकाले अझै दुई, तीन दिन काठमाण्डौ उपत्यकासहित देशको धैरैजसो ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार आर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई, तीन दिनसम्म अझै प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ । उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया