काठमाडौं- काठमाडौंमा वसोवास गर्ने भोजपुरेलाई लकडाउनका कारण समस्या परेमा काठमाडौंमा रहेका विभिन्न संघ – संस्था तथा व्यक्तिले सहयोग गर्ने भएका छन । काठमाडौंमा भोजपुरेहरुले स्थापना गरेका विभिन्न संघ संस्था र व्यक्तिहरुले सामुहिक रुपमा सहयोग गर्ने अभियान चलाएका हुन् ।

नागरिक हेल्थ ट्रस्ट , राम प्रसाद राई स्मृति प्रतिष्ठान, भोजपुरे सेवा समाज, दावाली मिलन क्लव, भोजपुरे सहकारी संस्था, हलेसी सहकारी संस्थाले सामुहिक रुपमा सूचना प्रकाशन गरेरका छन् । समस्यामा परेकालाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न उपलव्ध गराईने साथै औषधि उपचारमा समस्या भएमा हस्पिटलमा समन्वय गरेर उपचार गराईदिने एक अभियान्ता तथा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले जानकारी दिए ।

सूचनामा लकडाउनका कारण खान, वस्न र उपचारका निम्ति समस्या परेमा धक नमानी सम्पर्क गर्नको लागि अनुरोध गर्दै विभिन्न १५ जनाको फोन नम्वर पनि राखिएको छ । हेर्नुहोस सूचनाः

तपाईको प्रतिक्रिया