भोजपुर- नेपाल कम्युनिष्ट पार्टी आमचोक गाँउ कमिटिले आमचोक गाँउपालिका भरिका जनताहरुलाई एक व्यक्ति एक मास्क वितरण गर्दै कोरोना भाईरस विरुद्ध जनचेतना फैलाउने भएको छ ।

आज आमचोक गाँउपालिका वडा नम्वर ४ स्थित साकेन्वा डाँडामा वसेको गाँउ कमिटिको वैठकले सो निर्णय गरेको हो । खुल्ला चौरमा दुरी कायम गरि वसेको वैठकले आमचोक गाउपालिकाको कोरोना कोष खातामा ५० हज़ार रुपैया जम्मा गर्ने र कोरोना भाईरस संक्रमण वाट वच्न र वचाउन सरकार लाई सहयोग गर्ने निर्णय गरेको नेकपा भोजपुर जिल्ला सचिवालय सदस्य तथा गाँउ पार्टी ईन्चार्ज असोक राईले जानकारी दिए ।

नेकपा भोजपुर जिल्ला सचिवालय सदस्य तथा गाँउ पार्टी ईन्चार्ज असोक राईको प्रमुख आतिथ्यता तथा गाँउ पार्टी अध्यक्ष सन्दिप किरावाको अध्यक्षतामा वसेको वैठकमा जिल्ला तथा गाँउ तहका ४० जना पदाधिकारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया