दिङ्ला– तिन बर्ष पहिलानै मृत्यु भएका हजुरबुवाको नाममा सवारी साधन पास कागज बनाएर आएका दुई युवा पक्राउ परेका छन् । भोजपुरको षडानन्द नगरपालिका स्थाई बसोवास भएका इराक राई र सोहि वडाका हर्क भनिने राज राई पक्राउ परेको कात्तिके प्रहरी कार्यालयले जनाएको छ । बेलबारीवाट ईराक राईको नाममा वनाईएको पासमा हजुरबुवा रत्न बहादुर राईको मृत्यु भएको भनि ६ गते विहान कागज बनाएर हिडेका उनिहरुलाई ६ गते बेलुकानै कात्तिके पुलमा भएको चेकिङमा उनिहरु पक्राउ परेको कात्तिके प्रहरी कार्यलयले जनाएको छ । उनिहरु को ३२ प ४३४० नम्बरको मोटरसाईकलमा बेलवारीवाट आएका थिए । हजुरबुवाको मृत्यु भएको भनि पास वनाएर आएका राईको घरपरिवारमा बुज्दा आफ्ना हजुरबुवा ३ बर्ष पहिला र मावली हजुरबुवा पनि १८ महिना अगाडी नै स्वर्गिय भईसकेको खुलेको कुदाक काउले प्रहरी कार्यालयले जनाएको छ । इराक राईको श्रीमती मुटुका विरामी भएकाले षडानन्द नगरपालिका वडा नं. १ नेपाले डाँडा माईति घरमा राखेर उपचार गरिरहेकि छिन् । श्रीमती बिरामी भएको अवस्थामा हजुरबुवाको मृत्यु भएको कागज बनाएर आएकोले उनिहरुलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
पक्राउ परेका दुवै युवालाई आज षडानन्द नगरपालिकाले व्यवस्थापन गरेको वडा नम्वर २ को सावित्रा मावि क्वारेन्टाईनमा राखिएको इलाका प्रहरी कार्यलय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए । यो भन्दा अगाडीनै काठमान्डौदेखि आएका १२ जनालाई नगरपालिकाले क्वारेन्टाईनमा राखेको छ । दिनप्रतिदिन सवारी पास कागज नक्कली प्रयोग हुन थालेपछि अब जिल्ला प्रशासन कार्यलय भोजपुरले दिने सवारी पासलाई मात्र मान्यता दिईने र लकडाउनलाई थप कडाई गरिएको इलाका प्रहरी कार्यलय दिङ्ला प्रहरी निरिक्षक भाष्कर खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया