भोजपुर, १३ वैशाख- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो निर्वाचन क्षेत्रमा आएका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परिक्षणका लागि आवश्यक  स्वास्थ्य सामग्री सहित शनिबार दिउँसो मुख्यमन्त्री राई सहितको टोली आएका हुन।

स्वास्थ्य परीक्षणका लागि अति महत्वपुर्ण मानिएको थर्मगन ४ थान, भि.पि.एन (स्वाव संकलन गर्ने) १०० थान, पि.पि.ई. सेट १० थान, एन ९५ माक्स लगायतका स्वास्थ्य सामग्री गाँउपालिका अध्यक्ष प्रेम कुमार राईले जानकार दिए ।

अरववाट आएका एक युवामा कोरोना संक्रमण देखिएपछि कोरोना भाईरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भएपछि मुख्यमन्त्री राई स्वास्थ्य सामाग्रीसहित गृहजिल्ला भोजपुर आएका हुन् ।

मुख्यमन्त्रीले गाँउपालिकाका अध्यक्ष सहित जनप्रनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसंग कुराकानी गर्दै प्रदेश सरकार साथमा रहेकाले कोरोना भाइरस विरुद्ध ढुक्क भएर लड्न आग्रह गरेका थिए ।उनले नआत्तिकन आफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध पनि गरे ।

तपाईको प्रतिक्रिया