धरान- दुवईमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । धरान- ११ कल्याण चोकका अमर राईको कोरोना संक्रमणका कारण दुबई स्थित अमेरिकनअस्पतालमा निधन भएको उनको परिवार स्रोतले जानकारि दिएको छ  ।

मृतक राईको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको मेडिकल रिपोर्ट उनि कार्यरत कम्पनीले परिबारलाई पठाएको बताउदै वडा नं ११ का वडा सदस्य कृष्णप्रसाद रिजालले अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिश पनि वडाले उपमहानगरमार्फत पठाइएको बताएका छन् । राईले मृत्युको खबर पाएको एक साता अघि श्रीमतीलाई कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहेको बताएका थिए ।

उक्त सिफारिश पत्र दुताबासमा पठाउने गरी उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा पठाइसकेको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताएकी छिन् । दुबईमा सेल्सम्यानको रूपमा कार्यरत मृतक राईको परिवारमा श्रीमान, श्रीमती का अलवा उनका बुबा र छोरी रहेको वडा सदस्य रिजालले बताए ।

तपाईको प्रतिक्रिया