- mohan tamang

दिङ्ला– विश्वमहामारी कोरोना भाईरस covid-19 को बिषम परिस्थितिमा विभिन्न ठाउँमाअलपत्र परेका नागरिकहरुको छिटो उद्धार गर्न नेकपा नगर कमिटीले नगरपालिकालाई आग्रह गरेको छ ।

आज नगर कमिटीले जारी गरेको प्रेश विज्ञप्तीमा  उक्त कुराको जानकारी गराएको हो । आफ्नो नगर क्षेत्रका असहाय विपन्न, गरिब, मजदुरहरु विभिन्न स्थानमा शोक, भोक र सन्त्रासमा अलपत्र परिरहेको अवस्थामा छिटो भन्दा छिटो आफ्नो नागरिकहरुको उद्धार गर्न षडानन्द नगरपालिकालाई आग्रह गरिएको छ ।

नेकपा नगर कमिटिले षडानन्द नगरपालिकालाई आवश्यक सहयोग गर्न समेत तत्पर रहेको पनि नगर सचिव यंगराज राई र अध्यक्ष सम्वर बहादुर राईद्वारा हस्ताक्षरित प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया