दिंला, १४ बैशाख- भोजपुरको षडानन्द नगरपालिकाले सरकारले घोषणा गरेको लकडाउनका कारण नगर वाहिर समस्या भोगिरहेका नागरिकलाई घर ल्याउनकालागि सहजिकरण गर्ने भएको छ । आज एक सुचना प्रकाशित गरि नगरपालिकाले ससर्त घर ल्याउने जनाएको हो ।

नगरपालिकाले नगरवाहिर रहेका नागरिकका लागि ४ वटा सर्र्त सहित नगर प्रवेश गराउने सूचनामा जनाएको छ । सूचना अनुसार आउन चाहने व्यक्तिले यातायात खर्च वेहोर्नुपर्ने, नगरमा प्रवेश सतिघाटवाट मात्र गर्न पाईने, अनिवार्य नगरले व्यवस्थापन गरेको हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गराउनु पर्ने र नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा १४ दिन अविवार्य वस्नु पर्ने छ ।

सूचनामा घर आउन चाहने नागरिकले सम्वन्धित वडाका वडाध्यक्ष साथै मेयर र उपमेयरलाई सम्पर्क गर्नको लागि पनि अनुरोध गरिएको छ । हेर्नुहोस् सूचनाः

तपाईको प्रतिक्रिया