भोजपुर, १४ वैशाख- भोजपुरमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको पौवादुम्मा गाउँपालिका- ४ कात्तिकेका वलवहादुर कार्कीको भीरबाट लडेर ज्यान गएको हो ।

५४ वर्षीय कार्की खेतबाट पराल बोकेर घरजाने क्रममा रमिते ढुङ्गामा भारी टेका लाउने क्रममा ढुङ्गा पल्टिदा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

करिव ३५ मिटर तल झरेका कार्कीको घटना स्थलमानै मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया