धरान- धरान ११ दुर्गाचोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामाएक जनाको  मृत्यु भएको छ ।

धरान १६ निवासी माधव घिसिङका छोरा वर्ष २४ को विशाल घिसिङको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको इलाकाप्रहरी कार्यालय धरानले जनाएको छ ।

आमाको बर्थ डेकालागि को ३४ प १०३९ नम्बरको मोटरसाईकलमा सामान किन्न जाँदै गर्दा दुर्गा चौकमा दुर्घटनामा परेको बताइएको छ । उनलाई उपचारको लागि वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको धरान १८ का वडाध्यक्ष नरेन्द्र राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया