भोजपुरे गायक भीषण मुकारुङको‘केहीदिन अझै घरमै बसौं’ सार्वजानिक(भिडियो) सहित

काठमाडौं- संसारलाई नै कोरोना भाईरसले आतङ्कित बनाईरहेको वर्तमान अवस्थामा लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकारहरुले एकपछि अर्को चेतनामूलक गीत बजारमा ल्याईरहेका छन् ।

यसै सिलसिलामा भरखरै भीषण मुकारुङ र सङ्गीता रणपयालीको स्वर, विपिन किरणको शब्दरचना, धनु ज्ञाङ्मीको सङ्गीत तथा सङ्गीत संयोजन एवं कोरोना विशेष चेतनामूलक गीत ‘केहीदिन अझै घरमै बसौं’ को भिडियो सार्वजनिक भएको छ ।

ए प्लस नामक स्टुडियोमा रेकर्ड भएको यो गीतको रेकर्डिङ तथा मिक्सिङ् नरेश बीसीले गरेका छन् भने योगेश दाहालको छायाङ्कन र सम्पादनमा भिडियो निर्माण भएको हो । गीतमा कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा स्पष्ट पारिएको छ भने अझै केहीदिन घरमै बसेर कोरोनालाई पराजित गर्न आह्वान गरिएको छ ।