दिङ्ला– गृह मन्त्रालयले जारि गरेको सुचना अनुसार षडानन्द नगरपालिकाले अलपत्र परेका नागरिकहरुको उद्धार अर्काे सुचना प्रकाशित नभए सम्मका लागि स्थगित गरेको छ । गृह मन्त्रालयले आज दिएको आदेश संगै नगरपालिकाले तत्काल सुचना प्रकाशन गरि अलपत्र परेको नगरिकहरुलाई फर्काउने कार्य अर्काे सुचना प्र्रकाशन नभएसम्मको लागि रोकिएको नगरपालिकाले सुचना मार्फत जनाएको छ ।

गृह मन्त्रालयले सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई कुनै पनि यातायातलाई सवारी पासमा पुर्ण रुपमा रोक लगाएपछि नगरपालिकाले आज एक सुचनामा सम्वन्धित सबैको लागि जानकारी गराएको छ । साथै यस विषम परिस्थितिमा कोरोना भाईरस अयखष्(ज्ञढ को रोकथामको लागि गृह मन्त्रालयको आदेश पालना गर्दै नगरपालिकाले गरेको निर्णयले पर्न गएको असरप्रति नगरपालिकाले उक्त सुचना मार्फत क्षमा समेत मागेको छ ।

माथिको आदेश अनुसार चल्नु पर्ने भएको यस्तो निर्णय गर्नु परेको र यसबाट पर्न गएको असर प्रति नगरपालिकाले छिट्टै अर्काे सुचना भए संगै अलपत्रमा परेका सर्वसाधरणहरुको उद्धार गरिने नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताईन् ।

तपाईको प्रतिक्रिया