- मोहन तामाङ

भोजपुर- रोजगारीको शिलसिलामा कतार गएका भोजपुरका एक युवाको कतारमा निधन भएको छ । ३ महिना अगाडी कतार गएका षडानन्द नगरपालिका वडा नं ८ का  ३४ बर्षीय  मंगल सिं तामाङको हृदयघातका कारण निधन भएको हो ।

कत्तारको आक्रा भन्ने ठाउँमा जिएसएस सेक्युरिटि कम्पनीमा कार्यरत तामाङ डिउटी सकेर कोठामा आएर सुते पछि सुतेकै अवस्थामा मृत फेला परेको खुलेको छ । 

रोजगारीको शिलसिलामा ३ महिना अगाडी मात्रै कतार गएका तामाङको अप्रिल २५ तारिखमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । भोजपुर षडानन्द नगरपालिका वडा नं ८ को घेदुङका सचिव समेत रहेका तामाङको घरपरिवारमा बुवा, आमा , श्रीमती र ५ बर्षकी १ नाबालिका छोरी रहेको समेत पारिवारिक स्रोतले बताएको छ । 

तामाङ दोहा कतार स्थित अल वाक्रामा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । तामाङ अल वाक्रामा अबसस्थित कम्पनीको क्याम्पमा अप्रील २४ तारिख रातिको खाना खाएर घरपरिवार सित राम्रोसँग गफ गरेर सुतेका थिए तर उनी कहिले नफर्किने गरि निदाएको रहेछ । बिडम्बना भाग्यको खेल भनौं   या संयोगरु एउटै कोठामा संगै सुतेका अन्य साथीहरूले समेत कति बेला उनले संसार छाडे पत्तो समेत पाएनन् । 

भोलिपल्ट मात्रै बिहान डिउटिमा जाने बेलासम्म नउठेपछि साथीहरुले उठाउन खोज्दा उनले यो धर्ति छाडिसकेको खबर मृतककोे साथि तिर्थ तामाङलाई कम्पनीको सम्बन्धित व्यक्तिले फोन गरेर जानकारी गराएको जनाएका छन् । 

तामाङको शव अहिले कतारको हमाद हस्पिटलमा राखिएको छ । लकडाउनका कारणले गर्दा शव नेपाल पठाउने प्रक्रियामा झनै असहज र ढिलाइ हुने भएको छ । तर पनि नेपाल तामाङ कतार घेदुङले आवश्यक पहलहरु कम्पनि र नेपाली दुतावास संग समन्वय गरिरहेको नेपाल तामाङ घेदुङ प्रवाश कतार घेदुङका सह–सचिव डिबि तामाङले बताए । 

तपाईको प्रतिक्रिया