दिंला, १६ बैशाख- जनस्तरवाट स्थापना भएको नेपालको पहिलो विद्यालय षडानन्द माध्यमिक विद्यालय भोजपुरका  पूर्व प्रधानाध्यापक तिर्थराज न्यौपानेको निधन भएको छ । ८६ बर्षीय न्यौपानेको आज दिउँसो १ बजे निज निवास काठमाडौं, कोटेश्वरमा  निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भोजपुरको गोगनेमा वि.सं. १९९१ मा जन्म भई ३९ बर्ष सेवा गरेका न्यौपानेले षडानन्द मावि दिंलामा शुरुमा शिक्षक र पछि प्रधानाध्यापकको पदबाट निवृत्त हुनुभएको थियो । न्यौपाने राष्ट्रिय शिक्षा पदक विभुषित हुनुको साथै आवाल ब्रम्हचारी षडानन्द प्रतिष्ठान ,गोगने न्यौपानेको समाज भोजपुरबाट सम्मानित हुनुभएको थियो ।

न्यौपाने केहि समय अघिदेखि क्यान्सर रोगवाट पिडीत हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुुसार दाहसंस्कार गरिएको छ । न्यौपानेका ३ छोरा र १ छोरी छन् ।

तपाईको प्रतिक्रिया