भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा वढेपछि सरकारले लकडाउन दुईहप्ताको लागि बढाएको छ । लकडाउन मे १७ तारिख अर्थात जेठ ४ गतेसम्म सम्म लम्ब्याउने निर्णय भारतको गृहमन्त्रालयले गरेको हो ।

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । कोरोना सङ्क्रमितमध्ये ९ हजार ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । अहिलेसम्म १ हजार १ सयभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म १ हजार १ सयभन्दा धेरैको ज्यान गएको छ ।

गृह मन्त्रालयले कोरोना भाइरसको जोखिम भएको क्षेत्रमा कडाइ गरिने र आवतजावतमा पूर्ण रुपमा रोक लगाइने जनाएको छ । गृह मन्त्रालयले ओरेन्ज र ‘ग्रीन जोनमा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने बताएको छ ।

यस्तै, हवाई उडान, रेल, मेट्रो र सडकमाफर्त हुने आवतजावतमा पनि रोक लगाइने छ । तर विशेष उदेश्यले गृहमन्त्रालयको अनुमतिमा भने चलाउन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरस सङ्क्रमणका कारण ४५९ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया