काठमाण्डौ – खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार खाडी र मेलेसियामा गरी ३१२ जना नेपाली नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये २९९ जनाको अस्पतालमा उपचार भइरहेको छ । ११ जना निको भएर काममा फर्केका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।

अहिलेसम्म बहराइनमा १५७, यूएईमा १२, साउदीमा ४१, कुवेतमा ८४, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा ३१२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा ७, यूएईमा दुई र मलेसियामा दुई गरी ११ जना निको भएर काममा फर्किएका छन् ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नको लागि दुतावासहरुले अनुरोध गरेका छन् ।

विश्वका दुई सय १२ देशका ३५ लाख ६६ हजार २०१ जनामा सङ्क्रमण फैलिसकेको छ । दुई लाख ४८ हजार २८५ जनाको ज्यान गएको छ भने ११ लाख ५४ हजार २३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया