दिंला,२२ बैशाख- भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर- ५ मा आज एक पुरुष मृत फेला परेका छन् । खाँदवारी नगरपालिका वडा नम्वर -३ मानेभञ्ज्याँङ्ग घरभई षडानन्द नगरपालिका वडा नम्वर- ५ आँपटारीमा वस्दै आएका अन्दाजी ५२ बर्षीय सुन्दर गाधाईली चिलाउनेको रुखमा झुण्डीएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

शौचालय जान्छु भन्दै घर पिछाडी बाख्रा वान्ने डोरी लिएर हिँडेका गाधाईली लामो समय सम्म घर नफर्किएपछि खोज्दा झुण्डिएको अवस्थामा उनकै छोराले फेलापारेका थिए । उनि षडानन्द नगरपालिका- ५ आँपटारीमा रहेको ससुरा कृष्ण वहादुर विकको घरमा वस्दैआएको खुलेको छ ।

गाँधाईलीको शवलाई कानुनी प्रक्रिया पुरागरि आजै बेलुका खाँदवारी हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया