काठमाडौं- नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा २ महिने वच्चा सहित थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

उनीहरु सबै वीरगञ्जका भएका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण हुनेमा २ महिनाको बच्चा पनि छन् । तर उनी बालक हुन् कि बालिका त्यसबारे केही खुलाइएको छैन । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९९ पुगेको छ ।

तपाईको प्रतिक्रिया