काठमाडौं- बिहीबार कपिलवस्तुका दुई जनामा कोरोना भाइरस (कोभिड–१९( पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

गत २४ घन्टामा १ हजार ४५१ नयाँ नमूना परीक्षण भएको छ। यस्तै सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा, ६ हजार ५५९ प्रदेश २ मा ५ हजार ३४८ ,बागमती प्रदेशमा ९ हजार ०४४ ,गण्डकीमा ६हजार ३४९, प्रदेश ५ मा ५ हजार ७१३ प्रदेश कर्णालीमा ६हजार ६०८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ गरी जम्मा ५४ हजार ९३ वटा परीक्षण भएका छन्।

 

तपाईको प्रतिक्रिया