काठमाडौं- नेपालमा आज ८ जना कोरोना भाईरस संक्रमित थपिए सँगै कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।

उदयपुरको भुल्केका ४ जना, कपिलवस्तुका ३ जना र वीरगन्जका १ जना गरी ८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको थियो भने अहिले थप उदयपुर भुल्केकै १ गरी एकै दिन ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै उदयपुरको भुल्केमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने निको हुनेको सङ्ख्या भुल्केकै मात्र १४ पुगेको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ भने ३१ जना निको भई सकेका छन् । यसै गरी शनिबार उदयपुरको भुल्केका गैर मुस्लिम समुदायका १ सय ४३ जनाको थ्रोट स्वाब लिइएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनीको सहयोगमा थ्रोट स्वाब सङ्कलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया