संखुवासभा- संखुवासभामा जंगली च्याउ खाएका थप एक युवतीको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी सभापोखरी २ गोठगाउँकी २४ वर्षीया अनिता राईको उपचार क्रममा विराटनगरमा मृत्यु भएको हो।

गत २० गते शनिबार जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए। १० जनामध्ये एक जनाको २६ गते मृत्यु भएको थियो। जिल्ला अस्पताल खाँदबारीमा अनिताको उपचार हुन नसकेपपछि बिराट नर्सिङ होममा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको सभापोखरी गाउँपालिका २ का वडाध्यक्ष डिकबहादुर सुवेदीले बताए।

एकै गाउँका अन्य आठ जना भने उपचारपछि घर फर्किएका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए।

तपाईको प्रतिक्रिया