संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीमा  र्यापिड टेष्टमा पोजेटिभ देखिएको महिलाको पिसिआर टेष्टमा नेगेटिभ देखिएको छ ।

आज उनको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ ।३० बर्षिया ती महिलामा आईतबार गरिएको र्यापिड एन्टीबडी टेष्ट पोजेटिभ देखिएको थियो। ति महिलाको आईतबार राति नै स्वाव परिक्षण गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो ।

 ती महिलालाई नुनढाकीमा रहेको क्वारेन्टाईनमा छुट्टै राखिएको छ ।

तपाईको प्रतिक्रिया