दिवेश पोखरेल अमेरिकन आइडलको टप-७ मा

काठमाडौ- सिंगो विश्व नै कोरोना भाइरसको महामारीको कारण डर, निरासा र बेखुशी छाइरहेको छ । यसैबिचमा संसारभर छरिएर रहेका नेपालीमाझ खुसि दिलाउने काम गरेका छन नेपाली युवा दिवस पोखरेलले । ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट ७ मा पुग्न सफल भएका छन् ।

अर्थर गन भनेर पनि चिनिने दिवस पोखरेल विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै टप ७ मा पुग्न सफल भएका हुन ।
नेपालमा जन्मिएर यतै हुर्किएका दिवस केहि बर्ष अगाडि अमेरिकागएका थिए । अहिले नेपालमा मात्रै नभएर संसारभर नै दिवेशको चर्चा चुलिएको छ । अडिसनबाटै सबैको मन जित्न सफल उजलाइ संसारभरबाट नेपालीहरूले धेरै समर्थन गरिरहेका छन । अर्थर गन अमेरिकन आइडलमा छाएसंगै संसारभरका नेपालीले गर्व महशुस रिरहेका छन । २१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।

यता काठमाडौँमा भने पोखरेलका आफन्त रअन्य समर्थकले भोटको अपिल गरेका छन । र प्रतियोगितामा पोखरेललाई विजयी बनाउन उनको टोलबासी समेत प्रचारमा जुटेका थिए । शनिबार पोखरेललाई भोट गर्न अपिल गर्दै प्लेकार्ड बोकेर उनीहरु कलंकीको सडकमा ओर्लिएका हुन् ।