संखुवासभा- संखुवासभाको मकालुका हेलिकोप्टर व्यवसायी मिङ्मा शेर्पाले खाँदबारी नगरपालिकालाई ३ हजार किलो ग्राम चामल सहयोग गरेका छन् । शेर्पाले नेपाल शेर्पा संघ संखुवासभा मार्फत नगरपालिकालाई १ सय २० बोरा चामल सहयोग गरेका हुन् ।

नेपाल शेर्पा संघ, संखुवासभाका कार्यावाहक अध्यक्ष वाङ्छे शेर्पाको अनुरोधमा सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष समेत रहेका मिङमा शेर्पाले राहत सामाग्री सहयोग गरेका हुन् । कोभिड १९ माहामारीका कारण भएको लकडाउनबाट समस्या परेका अति विपन्न परिवारलाई नगरपालिका मार्फत राहत उपलब्ध गराएका हुन् ।

राहत सामाग्री बुझ्दै खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नेपाल शेर्पा संघ संखुवासभा र मिङ्मा शेर्पालाई धन्यावाद ज्ञापन गरेका छन् । मेयर खतिवडाले नगरपालिकाले नगरपालिका मार्फत राहत कोष स्थापना गरि सहयोगका लागि अनुरोध गरिरहेको बताए । उनले राहत आर्थिक भए बैंक खातामा र जिन्सी भए नगरपालिकामा सहयोग गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया