वीरगन्ज-वीरगन्जस्थित नारायणी अस्पतालबाट दुई जना कोरोनाभाइरस संक्रमित फरार भएका छन् । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार फरार भएका हुन् ।

अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ । पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् ।

फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । फरार भएकाहरु पर्साकै भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया