भोजपुर- भोजपुरका संघीय सांसद सुधन किराँतीले नेपाली सेनालाई तत्काल सिमा सुरक्षामा पठाउनुपर्ने सुझाव दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रि बजेटमाथिको छलफलमा विचार राख्ने समय नपाएपछि आफ्नो आधिकारीक फेसबुक पेज मार्फत उनले यो सुझाव दिएका हुन् ।

सांसद किरातीले सेनालाई सम्वन्धित मुलुकको सिमा सुरक्षाको प्रमुख दायित्व हुने भएकोले नेपाली सेनालाई तत्काल ठेक्कका पट्टा, जग्गा प्लटिंग र पेट्रोल पम्प सञ्चालन लगायतका व्यापारिक कामवाट मुक्त गराएर प्रत्येक किलो मिटरमा एक सुरक्षा पोष्ट स्थापना गर्नुपर्ने पनि सरकारलाई सुझाव दिएका छन् ।

किरातीले भारतको हेपाहा प्रवृत्ति नेपाली जनतालाई स्विकार्य नभएको वताएका छन् । भारतले नेपालमा खनेको वाटोको वारेमा नेपालका प्रधानमन्त्रीले मिडियावाट समाचार आएपछि मात्र थाहा पाउनुमा नेपालीहरुको ग्लानी महसुस भएको उनको बुझाई छ ।

किरातीले देशको सिमा मिचि रहदाँ सरकारको प्रतिक्रिया प्रति उनले असन्तुष्टी जनाएकाछन् । जुनसुकै मुलुकको सार्वभौकिक सत्ता त्यो देशका नागरिकलाई प्राण भन्दा प्यारो हुने वताएका छन् ।उनले पुर्खाको नासोलाई रक्षा गर्न आजै बुद्दिमत्तापूर्ण तरिकाले लाग्नुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया