संङ्‍खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिकामा सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गरिएको छ । चैनपुर नगरपालिकाको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा चैनपुरका सबै वडामा सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरिरहेको समितिका अध्यक्ष लवकुमार श्रेष्ठले जानकारी दिए ।

समितले पोषणयुक्त खानेकुरासहितको राहत उपलब्ध गराएको हो । सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, गेडागुडी, तेल, नुन र ज्वानोलगायताका राहत सहयोग गरेको उनले बताए । यसैगरी कोभिड–१९ सुरक्षा सामग्री साबुन, मास्क र सुत्केरी महिलाका लागि स्यानेटरी प्याडसमेत वितरण गरिएको छ ।

यसरी वितरण गरिएको राहत प्रतिगर्भवती महिलालाई रु दुई हजार ७५० र सुत्केरी महिलालाई रु १३० बराबरको स्यानेटरी प्याड थप गरी रु दुई हजार ८८० बराबरको रकम पर्न आउने अध्यक्ष श्रेष्ठले वताए ।

तपाईको प्रतिक्रिया