संखुवासभा संखुवासभको खाँदबारी नगरपालिका ५ का कार्यवाहक अध्यक्ष श्याम निरौलामाथि आक्रमण भएको छ।

शुक्रबार साँझ ८ बजे वडा कार्यालय नजिकै अज्ञात समूहले आक्रमण गर्दा निरौला गम्भीर घाइते भएका नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिए । अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट निरौलाको शरीरमा चोट लागेको छ। घटना कसले गराएको भन्नेबारे पत्ता लागिनसकेको नगर प्रमुख खतिवडाले बताए ।

उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया