काठमाडौँ – तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जेठ ३ गते २ वर्ष पूरा हुँदैछ । पार्टी एकता घोषणा गर्दा एकताका सबै काम तीन महिनाभित्र पूरा गर्ने भनिए पनि सो पार्टीका नेताहरुले यो अवधिमा एकताका मूलभूत काम सके पनि पूर्णता भने दिन सेकका छैनन् ।

त्यस्तै एकताको स्पिरिट अनुसार काम भएको भए यसबेला एकतापछिको महाधिवेशन नै सम्पन्न भइसकेको हुने थियो नेकपाको । किनभने नेकपा घोषणा गर्दा २ वर्षभित्र एकताको महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने प्रतिबद्धता गरिएको थियो । तर यो बीचमा दुई जना अध्यक्ष बसेर सहमति गर्ने कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण पार्टी एकताले पूर्णता पाउन नसक्नुका साथै आठ लाखभन्दा बढी नेता कार्यकर्ता कामविहीन बस्न बाध्य भए ।

२ वर्षको अवधिमा पटक पटक समयसीमा सार्दै एकतालाई बिट मार्ने घोषणा गरेको नेकपाले यसअघि गत माघ १९ गते सम्पन्न पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले १५ दिनभित्र टुङ्गो लगाउने नयाँ मिति टुङ्गो लगाए पनि त्यसअनुसार एकता प्रक्रियाले पूर्णता पाउन सकेन ।

केन्द्रीय आयोग गठन नै बाँकी

नेकपा केन्द्रमा तीनवटा आयोग रहने व्यवस्था छ । जसमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग छन् । यी तीनवटा आयोगको अहिलेसम्म एकता नै भएको छैन । त्यस्तै केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च पनि गठन हुन बाँकी छ । सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च केन्द्रबाहेक प्रदेश र जिल्लामा पनि गठन हुने संरचना हुन् भने आयोग केन्द्रमा मात्रै रहन्छन् ।

अर्कोतर्फ एकता पूर्वको पार्टी सदस्य र सङ्गठित सदस्य सङ्ख्या यकिन गर्न सकेको छैन । त्यस्तै सदस्यहरुको अभिलेख अद्यावधिक गर्न र नवीकरण गर्ने काम पनि बाँकी नै छ । विभिन्न कारणले रिक्त भएका स्थानहरूमा केन्द्रीय कमिटी सदस्य मनोनयन र पोलिटब्युरो गठन गर्न पनि बाँकी छ ।

केन्द्रीय विभाग अझै अपूर्ण

त्यस्तै केन्द्रीय विभागहरुको प्रमुख र उपप्रमुख तोकिए पनि अरू सदस्य मनोनित गर्न र तिनलाई पूर्णता दिन पनि बाँकी छ । राष्ट्रिय परिषद्को गठन नै भएको छैन । जनवर्गीय सङ्गठनमध्ये अखिल नेपाल महिला सङ्घ, अपाङ्गता सङ्गठन नेपाल, खेलकुद महासङ्घ नेपाल, ट्रेड युनियन महासङ्घ नेपाल, नेपाल उद्योगी व्यवसायी महासङ्घ, नेपाल दलित मुक्ति सङ्गठन, नेपाल बुद्धिजीवी सङ्गठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, पेसागत महासङ्घ नेपाल, प्रवासी नेपाली एकता मञ्च भारतको एकीकरण प्रक्रियालाई पूर्णता दिन पनि बाँकी नै छ ।

सम्पर्क मञ्चका जिल्ला र पालिका तहहरू गठन गर्न बाँकी छ भने प्रवासमा महादेश र देश विशेषमा प्रवासी नेपाली एकता मञ्च गठन गर्न बाँकी रहेको नेकपाका महासचिव विष्णु पौडेलको भनाइ छ ।

त्यस्तै पार्टीको चलअचल सम्पत्ति तथा लेखा प्रणालीलाई एकीकृत गर्न बाँकी छ । त्यस्तै नेकपाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न बाँकी छ । त्यसका लागि २ महिनाभित्र भवन शिलान्यास गर्ने माघमा सम्पन्न केन्द्रीय समिति बैठकले निर्णय गरे पनि त्यो कामसमेत हुन सकेको छैन ।

नेतृत्वको इच्छाशक्ति अभाव

‘एकता–एकीकरणका क्रममा बाँकी कामहरू केही दिनको अन्तरालमा सम्पन्न गर्न र समस्त पार्टीलाई केन्द्रीकृत योजना अन्तर्गत राष्ट्रिय अभियानमा परिचालित गर्न जरुरी छ’, नेकपाको गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको साङ्गठानिक प्रतिवेदनमा भनिएको छ । तर दुई वर्ष पूरा हुँदासमेत एकता प्रक्रियाले पूर्णता पाउन नसक्नुु नेतृत्वको इच्छाशक्ति अभाव मुख्य कारण रहेको नेताहरुको गुनासो छ । ‘नेतृत्वको इच्छाशक्तिको अभाव हो । छिट्टै एकता सकाँै, अगाडि बढौँ भन्ने चाहना देखिएन’, स्थायी समिति सदस्य डा। बेदुराम भुसालको भनाइ छ । त्यस्तै उनले पार्टीलाई विधि पद्धति अनुसार चलाउनुको साटो व्यक्तिको चाहनामा चलाउन खोजिएकाले समस्या आएको बताए । ‘पद्धतिमा लगिएको भए तिमीहरुले यो यो गर भनेपछि पार्टीपङ्क्ति आफै क्रियाशील हुन्थ्यो । सबै ठाउँमा मान्छे ल्याऊ म हेर्छु अनि गरौँला भनेर कसरी हुन्छ रु’ भुसालले नेतृत्वको कार्यशैलीबारे प्रश्न गरे ।

अहिलेसम्म एकतामा केके भए ?

२०७५ जेठ ३ गते नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय कमिटीका अलग–अलग बैठकहरू सम्पन्न भएर तिनले पार्टी एकता सम्पन्न गर्ने निर्णय गरे । सोही दिन पार्टी एकता संयोजन समितिको निर्णयबमोजिम नवगठित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केन्द्रीय कमिटी ९सदस्य– ४४१, पदेन सदस्य– ५ र आमन्त्रित सदस्य– ३ रहेको० को पहिलो बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकले राजनीतिक प्रतिवेदन र विधान पारित गर्दै ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विधान, राजनीतिक प्रतिवेदन, चुनाव चिन्ह र केन्द्रीय कमिटीको विस्तृत विवरणसहित निर्वाचन आयोगमा विधिवत दर्ता गरेको थियो ।

नेकपाको अन्तरिम विधानमा प्रत्येक तीन महिनामा स्थायी र ६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था छ । तर हालसम्म केन्द्रीय कमिटी २ र स्थायी समिति चार पटक मात्र बसेको छ । नेकपाको केन्द्रीय कमिटीको सदस्य सङ्ख्या ४४५ छ । तीमध्ये कतिपय केन्द्रीय सदस्य विभिन्न कारणले खाली भए पनि पूर्ति गरिएको छैन । नेकपाको केन्द्रीय कमिटीमा ५ जना पदेन सदस्य र ३ जना आमन्त्रित सदस्य छन् । नेकपा एकतापछि सबैभन्दा धेरै केन्द्रीय सचिवालयको बैठक बसेको छ । हालसम्म केन्द्रीय सचिवालयको भन्दा ५८ भन्दा बढी बैठक बसेका छन् । यो बीचमा स्थायी कमिटीले नियमावली पारित गरेको छ भने केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयका बैठकहरूको निर्णयका आधारमा अन्तरपार्टी निर्देशन र सातवटा विशेष परिपत्र जारी गरिसकेको छ ।

स्थायी कमिटीको तेस्रो बैठकबाट पारित राजनीतिक प्रतिवेदन प्रकाशित गरेको छ । विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा गर्न गठित कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । जसअन्तर्गत आर्थिक विनियम, कार्यकर्ता संरक्षण कोष विनियम, केन्द्रीय कार्यालयका कर्मचारीहरूको सेवा र सर्तसम्बन्धी विनियम, पार्टी स्कुल सञ्चालन निर्देशिका, प्रतिष्ठान सञ्चालन निर्देशिका, सम्पर्क मञ्च सञ्चालन निर्देशिका, प्रवासको कामसम्बन्धी निर्देशिका र आचारसंहिता रहेका छन् । यीमध्ये आचार संहिता केन्द्रीय सचिवालयबाट पारित भई कार्यान्वयनमा गएको छ । प्रवासको कामसम्बन्धी निर्देशिका सचिवालयबाट पारित भइसकेको छ ।

समस्या समाधानको जिम्मा गौतमलाई

एकता–एकीकरणका सन्दर्भमा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले सङ्गठन विभागलाई दिइएको छ । सङ्गठको प्रमुखमा उपाध्यक्ष समेत रहेका नेता वामदेव गौतम छन् । तर पछिल्लो समय गौतम एकतामा देखिएका समस्या समाधान गर्नेभन्दा पनि आफू सांसद कसरी बन्ने भन्नेतर्फ बढी केन्द्रित भएका छन् । रातोपाटीवाट

तपाईको प्रतिक्रिया