संखुवासभा- संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–५ कार्यवाहक वडाध्यक्ष श्याम निरौलामाथि खकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन् ।  आरोपित सुरेश तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

स्थानीय तामाङले बाटो निरौलालाई हिँडिरहेको अवस्थामा पछाडिबाट खुकुरी प्रहार गरेको खुलेको छ । नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष समेत रहेका निरौलाको खाँदबारीमा उपचार भइरहेको छ । उनको टाउँकोमा चोट लागेको छ ।

तामाङले हिजो साँझ निरौलामाथि खुकुरी प्रहार गरेका थिए । के कारणले उनीमाथि आक्रमण भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया