विराटनगर- प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ पुगेको छ । प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमित पुष्टि भएको हो।

झापाको केचनाकवलमै मात्र ३३ जना संक्रमित भेटिएका हुन् । अरु दमक, बाह्रदशी र झापा गाउँपालिकाका हुन् । अधिकांश भारतबाट आएकाहरुमा संक्रमण देखिएको प्रदेश सरकारले जनाएको छ ।

सबैभन्दा बढी झापामा संक्रमित पुष्टि भएका छन् । त्यहाँ ३६ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश भारतबाट आएकाहरु हुन् ।

झापापछि उदयपुरमा पुष्टि भएका संक्रमितको संख्या ३३ छ । यस्तै, धनकुटामा ७, मोरङका ५, सुनसरीका ३, खोटाङ र भोजपुरका १–१ रहेको प्रदेश सरकारले जनाएको छ ।

संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएकामध्ये २६ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया