दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले गान्धि मेमोरीयल हस्पिटलमा व्यवस्थापन गरेको क्वारेन्टाईनमा मदिरा जन्य पदार्थ ओसार पसार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

शनिबार अपरान्ह षडानन्द क्वारेन्टाईनबाटै उनलाई विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दिंलाको टोलीले पक्राउ गरेको हो ।
केहि दिन अघिमात्रै उक्त क्वारेन्टाईनमा राती हो हल्ला र नाराबाजी समेत भएपछि प्रहरीले निगरानी बढाएको थियो । आरोपित सँग सोधपुछ भईरहेको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

विभिन्न मितिमा देशका विभिन्न ठाँउहरुवाट आएका २६ जना क्वारेन्टाईनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया