भोजपुर- भोजपुरमा एक युवाले छिमेकीलाई कुटपिटगरि आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको षडानन्द नगरपालिकाको वडानन्मर १२ सिमल भञ्ज्याङका लेख बहदुर श्रेष्ठले सोहि स्थानका तेजेन्द्र कार्कीलाई घरेलु हतियार राँवो प्रहारगरि आत्महत्याको प्रयास गरेका हुन् ।

बर्ष २९ का तेजेन्द्र कार्की र बर्ष २८ का लेख बहदुर श्रेष्ठको सामान्य विबादमा श्रेष्ठले कार्किलाइ राबो प्रहार गरेको खुलेको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएकोछ । शरिरको विभिन्न भागमा राबोको प्रहार बाट कार्की घाइते भए पछि श्रेष्ठले नजिकै रहेको पिपलको बोटमा प्लाष्टिकको डोरि प्रयोग गरि आत्मा हत्याको प्रयास गरेका थिए । छिमेकी सिताराम तामाङले श्रेष्ठलाई झुण्डिएको अवस्थामा देखेपछि डोरी काटी उद्धार गरेका थिए ।

दुबैलाइ उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको इलाका प्रहरी कार्यलय दिङ्लाका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया