भोजपुर- पछिल्लो समय विकास निर्माणको निमित्त सरकारकै बाटो हेर्ने, सरकारले विनियोजन गरेको बजेट पनि समयमा काम हुन नसकेर फ्रिज भएर जाने साथै सरकारले विकास गरेन भनेर गाली गर्ने संस्कार नेपाली समाजमा सामान्य जस्तै वनेको छ ।

तर यस्तो अवस्थामा भोजपुरको साल्पासिलिँछों गाँउपालिको वडा नम्वर- ४ स्थित मानेडाँडा , सिँगाने खाटाम्मावाट बैदेशिक रोजगारमा गएका युवाहरुको सक्रियता र आर्थिक सहयोगमा गाँउ सम्म मोटरवाटो पुर्याएकाछन् । जापान, कोरिया, पोर्चुगल, मलेसिया, दुवई, साउदी अरव लगायतका देशमा रहेका युवाको सहयोगमा १० किलोमिटर बाटो निर्माण गरिएको स्थानिय डोमा शेर्पाले जानकारी दिईन् ।

विश्वका विभिन्न देशमा बैदेशिक रोजगारमा रहेका तथा स्थानिय युवाहरुले १० देखि २५ हजार सम्म आर्थिक सहयोग गरेकाछन् । आङ्टावा शेर्पा (कोरिया), आङछिरिङ शेपा(कोरिया), पासाङ् शेर्पा(साउदी अरव), आङ्दावा शेर्पा(जापान), आङ्गकिपा शेर्पा(जापान), पासाङ शेर्पा(मलेशिया) पेमाछिरिङ (दुवई), छिरिङ शेर्पा(पोर्चुगल), टेण्डी शेर्पा(सिगाने), आङ्दावा शेर्पा(सिगाने), गेलु शेर्पा(शिक्षक), ङवाङ तेन्जी (लामा) र शोकु शेर्पा(मानेडाँडा) को सहयोगमा वाटो निर्माण सम्भव भएको हो ।

सडक यातायात पुग्न नसकेको चौकिडाँडा-साल्पा पोखरी सडक खण्ड अन्तर्गत
वडाको डुँडेखोला वाट मानेडाँडा हुँदै साञ्छेलिङ गुम्वा सम्मको वाटो खनिएको हो । गाँउका युवा विदेशिएपछि स्थानिय निकायमा बजेटको निमित्त पहुँच पुग्न नसकेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका युवाहरुको पहल र आर्थिक व्यवस्थापनमा वाटो खनिएको कोरियामा रहेका आङछिरिङ शेर्पाले खवरट्वीटलाई बताए । अव वाटो मर्मत सम्हारमा भने स्थानिय निकायले सहयोग गर्नुपर्ने उनको माग छ ।

सडक पहुँच पुगेपछि स्थानिय उत्पादनहरु अलैँची, चिराईतो, आलु, सागसब्जीले राम्रो मुल्य पाउने भएपछि स्थानिय हर्षिछ भएका छन् । पहिले चिराईताको राम्रो मुल्य हुँदा हेलिकोप्टर चार्टर गरेर किमाथांका नाका सम्म पुर्याएर चाईना निर्यात हुने गरेको शेर्पाले वताए । अहिले गाँउ सम्मै मोटरवाटो पुगेपछि स्थानिय उत्पादनहरु अलैँची, चिराईतो, आलु, सागसब्जीले राम्रो मुल्य पाउने उनको दावि छ ।

तपाईको प्रतिक्रिया