दिंला- भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर- ६ ले कृषक लाई अमेरिकन फौजी किराको विषादी वितरण गरेको छ । वडाको विभिन्न स्थानका किसानहरुवाट किराले मकैबालीमा क्षति पुर्याएको गुनासो आएपछि विषादी वितरण गरिएको वडाध्यक्ष सुजन राईले जानकारी दिए ।

आज पहिलो दिन आज ३ सय १० कृषक परिवारलाई लुरा नामक विषदी वितरण गरिएको हो । एक परिवारलाई ३ प्याकेटको दरले वितरण गरिएको बाँकी कृषकलाई भोली वितरण गरिने भट्टले वडा सचिव उपेन्द्र भट्टले जानकारी दिए । एक प्याकेट विषादी १२-१५ लिटर पानीमा घोलेर मकैको गुभोमा भेट्ने गरि प्रयोग गर्नुपर्ने वडाध्यक्ष राईले कृषकलाई जानकारी दिए ।

लकडाउनको सयममा अमेरिकी फौजी किराको विषादी पाएपछि कृषकले खुशी व्यक्त गरेका छन् । साल्माका कृषक पुष्प नेपालीले लकडाउनको समयमा विषादी किन्न नपाईरहेको अवस्थामा वडाले विषदी वितरण गरेर राम्रो काम गरेको प्रतिक्रिया दिए ।

वडाको सवै क्षेत्रमा प्रभाव रहेको भएता पनि तल्लो क्षेत्रमा पर्ने मरुवा, डडुवा, मथेटार, गहते लगायतका स्थानमा अमेरिकी फौजीकिराले मकैमा धेरै क्षति पुर्याएको कृषकहरुले वताएकाछन् ।

तपाईको प्रतिक्रिया