काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणका लागि ५ सूत्र अघि सारेका छन् । कोरोना भाइरसको औषधि नभएको भन्दै उनले विज्ञहरुले नै यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार–विहार तथा आवश्यक सतर्कता भएको बताएका हुन् ।

उनले भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्नुपर्ने बताए । ‘हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रै भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधीय तत्व भएको’ उनको भनाइ छ ।

पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पु७थभलसयाइरहेकाले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह समेत गरेका छन् ।

यस्ता छन् प्रधानमन्त्रीका निरोगी नेपाल निर्माण गर्ने ५ सूत्रः
– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आप्mनो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।
– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।
प्रधानमन्त्रीले कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्दा सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएपनि हरेक चुनौतीको सामना गरेर नै मानवजाति आजको स्थानमा आइपुगेको हो भन्ने कुरा भुल्न नहुने जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया