लकडाउनमा गायिका कला राईको साँगितिक कोशेली “लाग्छ माया मेरै आफ्नो सानो गाउँको”(भिडियो)सहित

काठमाण्डौं- विश्वभरीनै कोरोना भाईरस (कोभीड- १९) का कारण गीत सँगीत तथा मनोरञ्जन उद्योग सुस्ताईरहेको समाचार आईरहेका बेला नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका कला राईले भने लकडाउनका विच “लाग्छ मलाई माया मेरै आफ्नोे सानो गाँउको” गीतको भिडियो सहित सार्वजानिक गरेकी छिन् । गायिकाका सयौं गीत म्यूजिक नेपाल तथा विभिन्न युटुब च्यानलमा हुँदै आएकोमा यस गीतलाई भने गायिका राईले आफ्नै युटयूब च्यानल (Kalarai_Artcreation) मार्फत सार्बजनिक गरेकी हुन् ।

भोजपुरे गायिका राईले यस कला संस्कृति र प्रकृतिसंगको तादम्यता रहेको यो गीतमा आफु जन्मे हुर्केको र बालापनदेखि खेलेको गाँउको वयान गरेकी छिन् । आफू जहाँ गएपनि आफ्नो सानो गाउँको यादले सधै सताएको गायीका राईले यो गीतमा व्यक्त गरेकी छन् । कोईलीको मीठो भाकामा चिसो चिसो बतास नागबेली,चमेली र मुना पालुवासँग खेलेको परिकल्पना गर्दै स्वर्गरुपी प्रकृतिको काखमा आफू हराएको गायिका राईले यो भिडियोमा आभाष गरेकी छिन् ।

बि.बि. गुरुङको शब्द, बिष्णु अधिकारीको संगीत रहेको गीतमा गायिका कला राईले सुमधुर स्वर रहेको छ । भोजपुर र सोलुखुम्बुको रमणीय स्थलहरुमा छाँयाङ्कन गरिएको भिडियोमा गायिका राई आँफैले अभिनय पनि गरेकी छन् । गीतमा बिष्णु अधिकारीको संगीत संयोजन रहेको छ भने भिडियो सम्पादन अनिल कटवालले गरेका छन् । भिडियो: