लन्डन-  बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउने नेपालीको संख्या ६५ पुगेको छ ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेमा ५४ जना पुरुष र ११ जना महिला छन् । मृतकमध्ये ५४ जना भूतपूर्व गोर्खा छन् ।दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, पूर्वगोर्खाका संघसंस्था, विभिन्न काउन्सिल लगायतसँगको समन्वयमा उक्त तथ्यांक संकलन गरेको हो ।

युरोपमा सबैभन्दा प्रभावित मुलुक बेलायतमा हालसम्म भाइरसका कारण ३७ हजार ५ सय जनाको ज्यान गइसकेको छ । ब्रिटिस सरकारले कोरोना भाइरस संक्रमण रोक्न हाल लागू रहेको लकडाउनलाई खुकुलो गर्दै लाने प्रयास स्वरूप नयाँ कोरोना परीक्षण तथा ट्रेसिङ प्रणाली सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया